+
+
Shares
संगीत :

अनिल सिंहले फिर्ता पाए आफ्ना २२ गीत, १५ वर्षदेखिको लडाइँमा सफल

दुई एल्बमका २० गीत र ‘प्रेमपत्र’ र ‘मैले जानीसकेँ’ बोलका एकल ट्रयाक आफूले डिजिटल्ली फिर्ता पाएको सिंहले अनलाइनखबरलाई बताए । ‘मेरो १५ वर्षदेखिको संघर्ष पुरा भएको छ । एक किसिमले म भाग्यमानी संगीतकर्मी पनि हुँ’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपगायक अनिल सिंहले डेढ दशक लामो संघर्षपछि म्युजिक डटकम र म्युजिक नेपालबाट आफ्ना २२ गीत डिजिटलरुपमा फिर्ता पाएका छन्।
  • सिंहले सबै गीतमा अडियो राइट आफ्नो हुने र भिडियो राइट म्युजिक डटकमकै हुने जानकारी अनलाइनखबरलाई दिनुभयो।
  • सिंहले सामाजिक सञ्जालमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै भिडियो सार्वजनिक गरेपछि कम्पनीहरूले गीत फिर्ता गर्ने सहमति जनाएका थिए।

काठमाडौं । झण्डै डेढ दशक लामो संघर्षपछि पपगायक अनिल सिंहले आफ्ना २२ गीत फिर्ता पाएका छन् । म्युजिक डटकम र म्युजिक नेपालले सिंहका ती गीतलाई सोमबार डिजिटलरुपमा फिर्ता दिएका हुन् ।

दुई एल्बमका २० गीत र ‘प्रेमपत्र’ र ‘मैले जानीसकेँ’ बोलका एकल ट्रयाक आफूले डिजिटल्ली फिर्ता पाएको सिंहले अनलाइनखबरलाई बताए । ‘मेरो १५ वर्षदेखिको संघर्ष पुरा भएको छ । एक किसिमले म भाग्यमानी संगीतकर्मी पनि हुँ’ उनले भने ।

सिंहका अनुसार सबै गीतमा अडियो राइट उनको आफ्नै हुनेछ । बनिसकेका भिडियोको राइट चाहिँ म्युजिक डटकमकै हुनेछ । सम्भवतः सोमबार बेलुकासम्म आफूहरूबीच यसबारे लिखित सहमति हुने जानकारी पनि अनिलले दिए ।

६ महिनादेखि गीत फिर्ता दिन्छु भनेर ती कम्पनीले आफूलाई झुलाएको अनिलले बताए । ‘डिजिटल युग सुरु भएदेखि मैले आफ्ना गीतलाई प्रमोसन गर्न पाएको थिइँन । गीत नभएपनि कन्सर्टमा प्रस्तुति दिइरहेको थिएँ । एक किसिमले म भाग्यमानी गायक हुँ’ उनले भने ।

गायक सिंहले सामाजिक संजालबाट ती दुई संगीत कम्पनीले आफ्नो करिअर र जीवन ध्वस्त पार्न लागेको र आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । लगत्तै, मिडियामा यो खबर फैलिएको थियो ।

त्यसको केही घण्टापछि ती दुई कम्पनीले सिंहका सबै गीत फिर्ता गर्ने सहमति जनाएका हुन् । नेपाली संगीत इतिहासमा संगीत कम्पनीले कुनै गायकलाई यसरी गीत फिर्ता गरेको यो विरलै हुने घटना हो ।

‘मैले यसबीचमा २ देखि ३ करोड रुपैयाँ गुमाइसकेको थिएँ । गीतहरू पनि रेकर्ड गरेको थिएँ । यो सरासर अत्याचार थियो । कहिलेसम्म अत्याचार सहने भन्ने कुरा हो’ उनले भने ।

अनिलले आफ्नो नाममा नयाँ युट्युब च्यानल खोलेका छन् । दर्शकले पुराना र नयाँ गीत सबै यो च्यानलमा हेर्न सक्ने उनले बताए । यो च्यानलमा आफूले गीत राख्दा ती कम्पनीले कपिराइट हानेपछि आफू बाध्य भएर यो कदम चाल्नुपरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?