+
+
Shares

थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्याण्ड र कम्बोडियाबीच तत्काल युद्धविराम लागू गर्ने सहमति भएको जानकारी दिए।
  • कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले स्थानीय समयअनुसार सोमबार मध्यरातदेखि बिना सर्त युद्धविराम लागू गर्ने इच्छा प्रकट गरेका छन्।
  • थाईल्याण्ड र कम्बोडियाबीच तीन बुँदामा सहमति भएको छ र दुवै देशका सैन्य कमाण्डरहरूले मंगलबार बिहान ७ बजे अनौपचारिक बैठक गर्नेछन्।

१२ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले थाईल्याण्ड र कम्बोडिया तत्काल युद्धविराम लागू गर्ने सहमतिमा पुगेका जानकारी दिएका छन् ।

उनका अनुसार कम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले ‘तत्काल युद्धविरामप्रति आफ्नो इच्छा प्रकट गरेका’ छन् ।

अनवरले बताएअनुसार, थाईल्याण्ड र कम्बोडियाबीच स्थानीय समयअनुसार सोमबार मध्यरातदेखि ‘तत्काल र बिना सर्त युद्धविराम’ लागू हुनेछ ।

उनले भने, ‘यो तनाव कम गर्ने र शान्ति तथा सुरक्षाको पुनःस्थापनातर्फको पहिलो महत्वपूर्ण कदम हो ।’

थाईल्याण्ड र कम्बोडियाबीच तीन बुँदामा सहमति भएको छ। मलेसियाली समयअनुसार मध्यरातदेखि ‘बिना सर्त युद्धविराम’ लागू हुनेछ ।

साथै दुवै देशका सैन्य कमाण्डरहरूले मंगलबार बिहान ७ बजे ‘अनौपचारिक बैठक’ गर्नेछन् र त्यसपछि ४ अगस्टमा दक्षिणपूर्वी एशियाली देशहरुको साझा संगठन (आसियान) अध्यक्षको नेतृत्वमा रक्षा संयन्त्रहरूको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?