+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गरिमा, केकी, निता, प्रियंका र रेखाको भिडन्त (पूर्ण सूचिसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ९ गते १४:०१
फाइल तस्बिर : गत बर्ष आयोजित 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार'मा सहभागी गायक उदितनारायण झा, गायिका दीपा झा र कलाकार हरिवंश आचार्य ।
फाइल तस्बिर : गत बर्ष आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सहभागी गायक उदितनारायण झा, गायिका दीपा झा र कलाकार हरिवंश आचार्य ।

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को दोश्रो संकरणको नोमिनेशन सार्वजनिक गरिएको  छ । काठमाण्डौमा केही समय पश्चात यो पुरस्कारको आयोजना गरिनेछ ।

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०’नाम दिइएको दोश्रो संकरणमा २०७० वैशाख १ गतेबाट २०७० चैत्र मसान्तसम्म प्रदर्शनमा आएका र कम्तीमा ५ वटा चलचित्र घरहरुमा व्यवसायिकहरुमा प्रदर्शनमा आएका ९४ वटा सिनेमाले भाग लिएको आयोजकले जनाएको छ ।

दोश्रो संकरणमा पनि पुरस्कार प्राप्त गर्ने कलाकारक तथा प्राविधिकलाई नगदराशी, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । जसमा सर्वोत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, ‘मह जुरी अवार्ड’को विधामा ट्रफी, प्रमाणपत्र र ५१ हजार र विदेशीको हकमा ५५५ यूएस डलर प्रदान गरिनेछ । कुल २० विधामा पुरस्कार वितरण गर्न लागिएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडकी अध्यक्ष निकिता पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘गतबर्ष १६ वटा विधामा पुरस्कार प्रदान गरिएकोमा यसबर्ष ४ वटा विधा थप गरि २० पुर्‍याइएको छ ।’

“प्रकाश” सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
विकास  आचार्य     – नाई न भन्नुल २
हेमराज बिसी         – होस्टेल
नवल नेपाल        – महशुस
प्रविन श्रेष्ठ         – मोक्ष
यादब भट्टराई         – झोला

“हिरा” सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
झोला             –    मिडिया फर कल्चर प्रा.ली. र झोला इन्टरनेशनल
होस्टेल            –     दुर्गिस फिल्मस्
महशुस            –    सास क्रियशन
मोक्ष             –      मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस् प्रा.ली.
नाई न भन्नु ल २     –    वान टाइम सिनेमान र एन्जल मुभिज

“शिब” सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
अर्पण थापा        –    मौन
आर्यन सिग्देल        –    महशुस
दयाहाङ राई         –     झोले
राजवल्लभ कोइराला    –     ऋतु
सौगात मल्ल         –    उमा

“भुवन” सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
गरिमा पन्त         –     झोला
केकी अधिकारी         –     महशुस
निता ढुङ्गाना        –     ६ एकान ६
पि्रयंका कार्की         –     झोले
रेखा थापा        –     काली

“नीर” सर्वोत्कृष्ट सहअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
केदार घिमिरे         –    छ एकान छ
मनोज आरसी        –    मधुमास
राज वल्लभ कोइराला     –     छ एकान छ
रमेश बुढाथोकी        –     राजनीति
विल्सन बिक्रम राई     –    प्रोड्युसर

“बसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
करिश्मा मानन्धर        –    किन किन
लक्ष्मी गिरी        –    झोला
नन्दिता केसी        –    पराई
रिमा विश्वकर्मा        –    ऋतु
सौजन्य सुब्बा        –    शिरिषको फूल

“विश्व” सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
अनमोल केसी         –    होस्टेल
गौरव पहारी        –    मञ्जरी
कोसिश क्षेत्री         –     मोक्ष
सलोन बस्नेत        –     होस्टेल
शुशांक मैनाली        –     सााघुरो

“चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
एन्नि कुावर        –    ब्रम्हा
कोमल वली        –    राजनीति
मलिना जोशी         –    ऋतु
प्रकृति श्रेष्ठ        –     होस्टेल
सुजाता कोइराला        –    मञ्जरी

“चेतन” सर्वोत्कृष्ट लेखन, राष्ट्रिय चलचित्र पुरस्कार
अर्पण थापा        –    मौन
बिकास आचार्य        –     नाई  न भन्नु ल २
हेमराज विसी        –     होस्टेल
नवल नेपाल        –     महशुस
शिवम अधिकारी        –    पराई

“तुलसी” सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
असिम चित्रकार/बुद्धरत्न महर्जन    – अन्तराल
बद्री लामिछाने            – महशुस
बनिष शाह र अर्जुन जि.सी.     – काली
प्रविण श्रेष्ठ             – मोक्ष
सुरेन्द्र पौडेल             – होस्टेल

“मञ्जु” सर्वोत्कृष्ट छायााकार, राष्ट्रिय चलचित्र पुरस्कार
दिपक  बज्रचार्य        –    झोला
हरी हुमागाई        –    होस्टेल
हरी  लामा        –    बितेका पल
पुरुषोत्तम प्रधान        –    नाइ न भन्नु ल २
सञ्जय लामा        –    मौन

“भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
हिमाल के.सी.    –     वार
एन बि महर्जन    –    लभ स्टोरी २०६६
राजेन्द्र खड्गी    –    नोथिङ्ग इम्पोसिवल
रामजनक    –     योद्धा
रोशन श्रेष्ठ    –     काली

“वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
गम्भिर विष्ट           –    ४२० को झडका -दबाब)
गोविन्द राई        –    तिमी बिना -किन किन)
कविराज गहतराज    –    स्लोली स्लोली -काली)
रेनशा राई        –    तिमी ने मेरो -झोले)
शंकर बिसी        –     जव सााझले -वितेका पल)

“उदित” सर्वोत्कृष्ट पाश्र्वगायक, राष्ट्रिय चलचित्र पुरस्कार
अञ्जु पन्त        – आाटी सक्यो -मधुमास)
प्रेम परियार         – यि आाखामा -नाइ न भन्नु ल २)
राजेश पायल राई    – तिमि नै मेरो -झोले)
शिब परियार        – सुन्छु तिमीले -बिन्दास २)
स्वरुप राज आचार्य    – मर्ने कसैलाई -नाइ न भन्नु ल २)

“शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
आशिष चित्रकार        –    अन्तराल
एलिस कार्की        –    छ एकान छ
दिनेश सुनाम        –    शिरिषको फूल
माहाराज थापा        –    मनले मनलाई छुन्छ
सुजिल कर्मचार्य        –     मोक्ष

“प्रदीप” सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रण, राष्ट्रिय चलचित्र पुरस्कार
अमित श्रेष्ठ         –     मञ्जरी
फणिन्द्र राई        –    हो यही माया हो
मुकेश शाह         –     काली
सुनयमान श्रेष्ठ        –     नाई न भन्नु ल २
उत्तम न्यौपाने        –     होस्टेल

“शम्भु” सर्वोत्कृष्ट सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
बसन्त सापाकोटा    –     यि आाखामा -नाई न भन्नु ल २)
अर्जुन पोखरेल         –    सुन्छु तिमीले -बिन्दास २)
सुरेश अधिकारी        –    दिल चुप छ -महशुस)
महेश खड्का        –    किन किन -किन किन)
काली प्रसाद बासकोटा    –    आज मनकै कुरा -मञ्जरी)

“मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार
निणर्ायक समितिले आफै कार्यविधि बनाइ छनोट गरेको कुनै एक श्रष्टालाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशिको “मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । -यो अवार्ड नेपाली कला, साहित्य, संस्कृति, पर्यटन क्षेत्रको श्रृवृद्धि गर्ने उद्देश्यले जुनसुकै भाषामा स्वदेश वा विदेशमा निर्मित चलचित्रमा संलग्न निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञहरूमध्ये जो कोहीलाई प्रदान गर्न सकिनेछ । विदेशी सष्ट्राको हकमा भने ५५५ युएस डलर पुरस्कार स्वरूप प्रदान गरिनेछ ।)
“कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई ट्रफी तथा प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।
“पुष्कर” सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय चलचित्र पुरस्कार
नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?