+
+
Shares

क्यालिफोर्नियामा अमेरिकी नौसेनाको विमान दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी नौसेना अन्तर्गतको एफसी-३५सी फाइटर जेट १५ साउनमा क्यालिफोर्नियाको नेवल एयर स्टेशन लेमुर नजिक दुर्घटनाग्रस्त भएको छ।
  • पाइलटले समयमा इजेक्सन गरेर ज्यान बचाउन सफल भएका छन् र दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ।
  • यो जेटको यस वर्ष दोस्रो दुर्घटना हो र जनवरीमा अलास्कामा पनि यस्तै दुर्घटना भएको थियो जहाँ पाइलट सुरक्षित थिए।

१५ साउन, काठमाडौं । अमेरिकी नौसेना अन्तर्गतको एक एफसी-३५सी फाइटर जेट बुधबार साँझ क्यालिफोर्नियाको नेवल एयर स्टेशन लेमुर नजिक दुर्घटनाग्रस्त भएको छ ।

पाइलटले समयमा नै इजेक्सन गरेर आफ्नो ज्यान बचाउन सफल भए। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ ।

घटना स्थानीय समयअनुसार साँझ ६:३० बजे भएको हो। सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ र आगोको लप्का देखिएका छन्। यो क्षेत्र फ्रेस्नो शहरबाट झण्डै ६४ किलोमिटर दक्षिण-पश्चिममा रहेको खुला खेत क्षेत्र हो ।

फ्रेस्नो काउन्टी सेरिफ कार्यालयका अनुसार, स्थानीय आपतकालीन सेवाका क्रु र कल फायर टोली घटनास्थलमा पुगेका थिए र पाइलटलाई प्रारम्भिक उपचार दिएका थिए ।

यो विमान भीएफ-१२५ रफ राइडर्स स्क्वाड्रनको हिस्सा थियो, जुन पाइलटहरूको तालिमका लागि प्रसिद्ध छ। यस युनिटले एफ-३फाइभसी संस्करणको सञ्चालन गर्छ, जुन अमेरिकी नौसेना अन्तर्गतको एअरक्राफ्ट क्यारियरका लागि डिजाइन गरिएको हो ।

यो अत्याधुनिक जेटको यस वर्षको दोस्रो दुर्घटना हो । यसअघि जनवरीमा अलास्काको एक एअरबेसमा पनि यस्तै दुर्घटना भएको थियो जसमा पाइलट सुरक्षित थिए ।

एफ-३५ अमेरिकी सेनाको पाँचौँ पुस्ताको स्टिल्थ फाइटर जेट हो । यसलाई लकहीड मार्टिन कम्पनीले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?