+
+
Shares

‘गुन्युचोलो’ ट्रेलरमा नाजिर हुसेन : म अब मभित्रको म लुकाएर बस्न सक्दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाजिर हुसेन स्टारर फिल्म ‘गुन्युचोलो : द ड्रेस’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ।
  • फिल्मले लैंगिक अल्पसंख्यक (क्वियर) समुदायको पहिचान र संघर्षको कथा प्रस्तुत गर्छ।
  • ‘गुन्युचोलो : द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ र यसका अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।

काठमाडौं । नाजिर हुसेन स्टारर फिल्म ‘गुन्युचोलो : द ड्रेस’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । लैंगिक अल्पसंख्यक (क्वियर) समुदायको कथावस्तुमा न्यून संख्यामा फिल्म बनिरहेको बेला यो फिल्म दर्शनीय बन्नसक्छ ।

२ मिनेट १८ सेकेन्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पर्छ । फिल्मको केन्द्रिय पात्र गुलाबी (नाजिर हुसेन)लाई उसका बुवा जो अवकासप्राप्त सैनिक जनरल हुन्, उनी सन्तानले पद्चाप पछ्याउँदै सपना साकार पारेको हेर्न चाहन्छन् ।

उनी गुलाबीलाई लाहुरे बन्न दबाब दिन्छन् । समाज र परिवारको यो दबाबको बीचमा गुलाबीले पहिचानको लागि संघर्ष गर्नुपर्छ । ‘म अब म भित्रको म लुकाएर बस्न सक्दिन । तपाईंले जे बनाउनुभयो मभित्र, मलाई त्यो बनाउन शक्ति दिनूस’ गुलाबीको मर्मस्पर्शी संवाद छ ।

पहिचानको लागि एलजीबीटीआईक्यू समुदायले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । यसअघि रिङरोड र आधापेज फिल्म निर्देशन गरेकी समुन्द्र भट्टको यो तेस्रो निर्देशकीय फिचर हो ।

शीर्ष भूमिका गुलाबीको रोलमा नाजिर देखिएका छन् । विशाल पहारी, संचिता लुइँटेलजस्ता सहायक कलाकार पनि मर्मस्पर्शी देखिएका छन् । ट्रेलरको प्राविधिक काफ्ट उत्कृष्ट देखिन्छ ।

पात्रको मुडअनुसारको ब्याकग्राउन्ड स्कोर होस् र सम्पादन पक्ष, उत्कृष्ट देखिन्छ । सन् २०२४ को तस्वीर फिल्म फेस्टिभल र मार्केटमा छनोट भैसकेको यो फिल्मको ट्रेलरको सुरुमा ‘अस्कर आर क्वालिफाइङ’ लेखिएको छ । यद्यपि, निर्माताले यसबारे केही बताएका छैनन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ । योे फिल्म नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा बनेको हो ।

फिल्ममा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

‘गुन्युचोलो : द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?