News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ।
- एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख र कुल खर्च २० करोड १५ लाख रुपैयाँ रहेको छ भने ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ।
- क्यानको आम्दानी २ करोड ४६ लाख रुपैयाँ रहेको छ र आगामी संस्करणका लागि यो विवरण महत्वपूर्ण आधार बन्नेछ।
१५ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ।
क्यानले बिहीबार बोर्ड बैठकपछि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ।
आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ।
शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइएपछि क्यानको आम्दानी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ।
क्यानका अनुसार आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्नेछ।
क्यान बोर्ड बैठकमा एक दर्जन एजेन्डाको सूचि भएपनि दिनभरको बैठकपछि राति एनपीएलको विषयमा मात्र क्यानले प्रेस विज्ञप्ति जारी गरेको हो ।
 
                    










 २०८२ साउन  १५ गते २०:५७
                        २०८२ साउन  १५ गते २०:५७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4