+
+
Shares

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १३:५१

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने छन् ।

बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने र पार्टीको जागरण अभियानलाई निरन्तरता दिने विषयमा पनि छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?