+
+
Shares

तोलामा ३ हजार ४ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको नयाँ मूल्य तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर २२५० रुपैयाँ पुगेको छ।

१८ साउन, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?