+

धोनीले भने : रुतुराजको पुनरागमनपछि चेन्नईको ब्याटिङ बलियो बन्छ

२०८२ साउन  १८ गते ११:०७ २०८२ साउन १८ गते ११:०७
धोनीले भने : रुतुराजको पुनरागमनपछि चेन्नईको ब्याटिङ बलियो बन्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले रुतुराज गायक्वाडको पुनरागमनले टोलीको ब्याटिङ बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
  • धोनीले आईपीएल २०२५ को मिनी अक्सनमार्फत टोलीलाई अझ मजबुत बनाउने योजना रहेको बताउनुभयो।
  • धोनीले पछिल्ला दुई सिजनमा चेन्नईको प्रदर्शन सन्तोषजनक नभएको स्वीकार गर्नुभयो र सुधारका लागि प्रयास गरिरहेको उल्लेख गर्नुभयो।

१८ साउन, काठमाडौं । आईपीएल टोली चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले रुतुराज गायक्वाडको पुनरागमनपछि टोलीको ब्याटिङ बलियो हुने विश्वास व्यक्त गरेका छन्।

गायकवाडले आईपीएल २०२५ को सुरुवाती पाँच खेल खेलेपछि कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका थिए। त्यसपछि धोनीले कप्तानी सम्हाले पनि टोली १४ खेलमा मात्र ४ जित दर्ता गर्दै अंक तालिकाको पुछारमा रह्यो।

‘हामी हाम्रो ब्याटिङ अर्डरप्रति अलिक चिन्तित थियौं’ धोनीले चेन्नईमा आयोजित एक कार्यक्रममा भने, ‘तर अब अवस्था ठिक हुँदैछ। रुतु (गायकवाड) फर्किंदै छन्। त्यसैले अब हामीले धेरै कुरा मिलाइसकेका छौं।’

धोनीले आउँदो डिसेम्बर-जनवरीमा हुने मिनी अक्सनमार्फत टोलीलाई अझ मजबुत बनाउने योजना रहेको बताए। ‘मैले भन्नेछैन कि हामीले आईपीएल २०२५ मा ढिलासुस्ती गर्‍यौं’ उनले भने, ‘तर केही कमजोरीहरू थिए, जुन हामीले पूरा गर्नुपर्थ्यो। केही ‘लुपहोल’ छन्, जुन हामी अक्सनबाट पूरा गर्नेछौं।’

गायक्वाडको अन्तिम प्रतिस्पर्धी खेल गत अप्रिल ८ मा मुल्लनपुरमा पञ्जाब किङ्सविरुद्ध खेले। उनले यॉर्कशायरबाट काउन्टी क्रिकेट खेल्ने तयारी गरेका थिए, तर व्यक्तिगत कारणले पछि हटे। अहिले उनलाई डुलेप ट्रफी २०२५-२६ का लागि वेस्ट जोन टोलीमा चयन गरिएको छ।

धोनीले पछिल्ला दुई सिजनमा चेन्नईको प्रदर्शन सन्तोषजनक नभएको स्वीकार गरे। ‘पछिल्ला दुई वर्ष हामीका लागि राम्रो रहेन’ उनले भने, ‘तर महत्त्वपूर्ण कुरा के हो भने, त्यहाँबाट सिकाइ के लिन सकिन्छ। के गलत भयो भन्ने कुरा पहिचान गरेर समाधानतर्फ जानुपर्छ।’

धोनीले चेन्नईको यात्रा आफ्ना लागि व्यक्तिगत रूपमा पनि महत्त्वपूर्ण रहेको बताए। सन् २००८ देखि फ्रेन्चाइजसँग जोडिएका धोनीले टोलीलाई पाँचवटा आईपीएल उपाधि दिलाएका छन्।

‘हामी प्रक्रिया बारे कुरा गर्छौं, तर नतिजा पनि हाम्रो पक्षमा आउन जरुरी छ’ उनले भने, ‘गएको वर्ष त्यो भएन। तर अब हामी धेरै कुरा मिलाउने प्रयासमा छौं र हामी फेरि उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

चेन्नई सुपर किंग्स महेन्द्रसिंह धोनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय