+
+
Shares
कविता :

एउटा एउटा फूल बाँडौ

लक्ष्मी राज दाहाल लक्ष्मी राज दाहाल
२०८२ साउन १९ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो कविता सबैप्रति सद्भाव राखी यौटा यौटा फूल बाँड्ने सन्देश दिन्छ।
  • कविताले असल संस्कार, माया, र मित्रताको महत्त्वलाई जोड दिन्छ।
  • जीवनमा दुःख बाँड्ने र असल काम गर्ने प्रेरणा कवितामा समेटिएको छ।

चौतारीमा शीतल छर्ने, यौटा यौटा बोट रोपौँ
दिल्बारीमा असल संस्कार, मललज गरी सबले गोडौँ।
सन्ततिका लागि पनि केही असल छाप छोडौँ
सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाडौँ।।

कर्म यस्तो गरौँ सबले, मर्दा लासमा फूल फालुन्
नाक मुख नखुम्च्याउन, बरु लासमा आँसु झारुन् ।
भेटी एक अर्कोलाई, ओठमा मुस्कान सबले छाडौँ
सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाडौँ।।

लामो यात्रा सुरु हुन्छ, पहिलो पाइला चालेपछि
घर समाज देश बन्छ, सबले असल गरेपछि।
मर्नैपर्छ एकदिन सबले, केही असल काम गरौं
सबै प्रतिशतभाव राखी, यौटा यौटा फूल बाडौँ।।

सानो लाग्छ दुःख आफ्नो, अर्काको दुःख देखेपछि
सुख मिल्छ जीवनलाई, दुःखहरू बाँडेपछि ।
चहर्‍याएको घाउमाथि, दल्नलाई मलहम बाँडौ
सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाँडौ।।

बैरभाव फाली सबले, मुटुभरि माया पालौँ
राम्रो असल दिन सकौँ, कटुतालाई परै फालौँ।
स्वच्छ आत्मा राखी सबलाई, प्रीतिप्रीति मात्र बाँडौ
सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाँडौ।।

आत्मालाई साक्षी राखी, असल गर्ने प्रण गरौँ
ज्ञानीगुनी असल बन्ने, प्रेरणाको स्रोत बनौँ।
हात मिलाई एकअर्कामा, मित्रताको झण्डा गाडौँ
सबैप्रति सद्भाव राखी, यौटा यौटा फूल बाँडौ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?