+
+
Shares

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते ७:३४

२० साउन, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको ।

बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा ६, उपरीक्षक (एसपी)मा  २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।

एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर रहेका छन् ।

एसपी सिफारिस हुनेमा साधारणतर्फ  नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर रहेका छन् ।

यस्तै, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् ।

यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् । प्राविधिकतर्फ इन्जिनियर मनोज बखुन्छे श्रेष्ठ रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?