
२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।
‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मुख्य सल्लाहकार विष्णु रिमालले भनेका छन् ।
उनले कनेक्टिभिटी नै न्याय भएको पनि सम्बोधनको क्रममा बताए ।
तटीय राष्ट्रहरूसँग यसको कुञ्जी रहेको भन्दै त्यसलाई खोल्नु कर्तव्य हुन आउने उनको भनाइ छ ।
‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं ।’
प्रधानमन्त्री ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा सहरमा छन् ।
नेपाल एलएलडिसी समूहको अध्यक्ष मुलुक हो ।
प्रतिक्रिया 4