+
+
Shares

रास्वपाले भन्यो : समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १३:१५

२१ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।

कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपा प्रवक्ता मनिष झाले बताए ।

पार्टीको सचिवालय बैठकले खतिवडा पदमा बसिराख्न नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने निर्णय गरिएको झाले अनलाइनखबरसँग बताए।

‘समितिको प्रतिवेदन अनुसार समिति सभापति दोषी हो । उहाँले नैतिकता देखाउनुपर्दछ । यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो,’ झाले भने ।

कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको समितिले कुलिङ अफ पिरियडमा समिति सभापति खतिवडा समेत जिम्मेवार रहेको प्रतिवेदन मंगलबार संसदमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?