
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सेयर बजार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा बन्द भएको छ।
- माइक्रोफाइनान्स समूहमा १५ प्रतिशतभन्दा बढी लाभांशको चर्चा पछि १.४१ प्रतिशत वृद्धि भएको छ।
- विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावरको मूल्य १० प्रतिशतले बढेको छ।
२१ साउन, काठमाडौं । बुधबार सेयर बजार झिनो अंकमा घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ ।
अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २ अंक बढेको बजार गणनापछि घट्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको भयो ।
कारोबारका क्रममा दिउँसो १ : ४६ बजे बजार २८५६ अंकसम्म पुगेको थियो । ११ : ३७ बजे २८२८ अंक आजका लागि न्यूनतम अंक रह्यो । ११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो ।
आज माइक्रोफाइनान्समा आकर्षण देखिएको छ । माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन पाउने चर्चा बजारमा चलेसँगै यो समूहमा आकर्षण देखिएको हो । सो समूह १.४१ प्रतिशत बढ्यो ।
त्यस्तै लगानी ०.४९, अन्य ०.४४ प्रतिशत बढे । बैंकिङ ०.४७, विकास बैंक ०.६१, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३६ तथा व्यापार ०.६६ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त तथा ट्रेड टावर छन् । त्यस्तै समाज लघुवित्तको ७.९३, स्वाभिमान लघुवित्तको ७.८३ प्रतिशत मूल्य बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको ३.७८, समता घरेलु लघुवित्तको २.७२, युनिलिभर नेपालको २.७१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4