
काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा लागु हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ ।
सीमित अवधिका लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकले ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउनेछन् ।
सामसङको नयाँ फ्ल्यागसिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोन खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो मल्टी–बाइ अफरले आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ ।
ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर आफ्नो अनुभव अझ स्मार्ट र शक्तिशाली बन्ने कम्पनीको भनाइ छ ।
यो अफर सीमित अवधिका लागि उपलब्ध छ र नेपालभरिका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले शून्य ब्याजदरमा सहज ईएमआई योजनाबाट नयाँ डिभाइस प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4