+
एएफसी यू-२० महिला एसियन कप छनोट :

यू-२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग बराबरीमा रोकियो

२०८२ साउन  २१ गते १९:४० २०८२ साउन २१ गते १९:४०
यू-२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुटानमा सुरु भएको एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल र भुटानले १-१ को बराबरी खेलेका छन्।
  • नेपालले पहिलो मिनेटमै सेनु परियारको गोलबाट अग्रता लिएको थियो भने १८औं मिनेटमा भुटानले बराबरी गोल फर्काएको थियो।
  • उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले हराएको अर्को खेल पनि आजै सम्पन्न भएको छ।

२१ साउन, काठमाडौं । भुटानमा आजदेखि सुरु भएको एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा भएको खेलमा नेपाललाई भुटानले १-१ को बराबरीमा रोकेको हो ।

खेलको पहिलो हाफको १८ मिनेटभित्रै दुवै गोल भएको थियो । पहिलो मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

१८औं मिनेटमा भुटानका लागि केल्देन वाङ्‍मोले बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि भने कुनै गोल भएन ।

साफ यू-२० च्याम्पियनसिपमा ६-१ र ८-० को जित निकालेको नेपालले आज भने भुटानविरुद्ध सोही किसिमको खेल पस्कन सकेन । भुटानले निकै सुधारिएको प्रदर्शन गरेको थियो ।

आजै भएको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५-० ले हराएको छ ।

यू-२० महिला एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय