+

निरन्तर बढ्दै नसर्ने रोगको जोखिम, मुख्य कारक ५ वटा

२०८२ साउन  २१ गते १८:२१ २०८२ साउन २१ गते १८:२१
निरन्तर बढ्दै नसर्ने रोगको जोखिम, मुख्य कारक ५ वटा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा.मनिता प्याकुरेलका अनुसार नसर्ने रोगबाट हुने मृत्युको ७३ प्रतिशत कम विकसित देशमा छ ।
  • नेपालमा मुटुरोग, क्यान्सर, श्वास–प्रश्वास रोग र मधुमेह नसर्ने रोगका मुख्य कारण हुन्।

काठमाडौं । कम विकासित देशमा नसर्ने रोगको जोखिम निरन्तर बढी रहेको डा.मनिता प्याकुरेलले बताइन् । नसर्ने रोगका कारण हरेक वर्ष विश्वमा ४३ लाखको मृत्यु हुने तथ्यांक विश्व स्वास्थ्य संगठनले निकालेको उनले जानकारी दिइन् ।

डा.प्याकुरेलका अनुसार नसर्ने रोगबाट विश्वमा हुने मृत्युमध्ये ७३ प्रतिशत हाम्रो जस्तो कम विकसित देशमा छ ।

८० प्रतिशत नसर्ने रोगहरु रोकथाम गर्न सकिने भनिएकाले रोग लाग्नु भन्दा पहिले नै ध्यान दिनसके यसबाट बच्न सकिने उनले बताइन् ।

नन कमिनिकेवल डिजिज(एनसीडी) एलाइन्स नेपालले बुधबार आयोजना गरेको ‘मिडिया एड्भोकेसी वर्कसप’ कार्यक्रममा उनले नसर्ने रोगको वर्तमान स्थितिबारे प्रस्तुति राखेकी हुन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा हुने मृत्युको कारण मध्ये ७१.१ नसर्ने रोग रहेको डा.प्याकुरेलले जानकारी दिइन् ।

नेपालमा सबै भन्दा बढी मृत्यु गराउने रोगमा मुटुरोग रहेको छ । त्यसपछि क्यान्सर, श्वास–प्रश्वास सम्बन्धी दीघीकालीन रोग र चौथोमा मधुमेह छ ।

यही अवस्था रहे सन् २०५० सम्म विश्वमा मान्छेको मृत्यु गराउने ५ मुख्य कारकमा नसर्ने रोगहरू नै रहने विश्व स्वास्थ्य संगठनको प्रक्षेपण रहेको डा.प्याकुरेलले जानकारी दिइन् । नेपालको अवस्था पनि ठ्याक्कै यही रहेको उनको भनाइ छ ।

नेपालमा नसर्ने रोग निम्त्याउने मुख्य ५ कारक रहेको उनले जानकारी दिइन् ।

जसमा धूम्रपान, मध्यपान, अस्वस्थ खानपान, शारीरिक निक्रियता र वायु प्रदूषण रहेका छन् । यसमा वायु प्रदूषणबाहेक अन्य कारक व्यक्ति स्वयंको नियन्त्रणमा रहेकाले सचेत हुँदा यसको जोखिमबाट बच्न सकिने उनले स्पष्ट पारिन् ।

यसै वर्षको अन्त्यमा नसर्ने रोगबारे संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठक रहेको डा.प्याकुरेलले जानकारी दिइन् । उक्त बैठकमा नसर्ने रोगबारे अब कस्तो नीति बनाउने भन्नेबारे बहस हुने उनले बताइन् ।

कार्यक्रममा स्वास्थ्य पत्रकार अतुल मिश्रले नसर्ने रोगबारे मिडिया रिपोर्टिङको ट्रेण्ड सम्बन्धी प्रस्तुति राखेका थिए । स्वास्थ्य पत्रकार तथा प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले आचारसंहिताबारे प्रस्तुति दिएका दिए ।

स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा मिडियाको भूमिकाबारे चर्चा गरेका थिए ।

अर्का स्वास्थ्य पत्रकार सरोज ढुंगेलले नसर्ने रोगमा सरकारको नीतिबारे प्रस्तुति राखेका थिए ।

एनसीडी एलायन्स नेपालका महासचिव किशोर कुमार प्रधानांगले एनसीडी एलायन्सका गतिविधिबारे जानकारी गराएका थिए ।

एनसीडी एलायन्स नेपालका सह–अध्यक्ष सन्तसाल मुल्मीले छलफलबाट नसर्ने रोगबारे धेरै विषयवस्तु प्राप्त भएको बताए । यहाँ उठेका विषयलाई आफ्नो कार्यक्रम समेट्ने प्रतिवद्धता जनाए ।

स्वास्थ्य पत्रकार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय