+
+
Shares

अजय देवगनसँग ‘सुपरहिरो’ फिल्म खेल्न तयार थिए सैयाराका अहान पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहान पाण्डेको फिल्म 'सैयारा'ले भारतमा ३०० करोड र नेपालमा ६ करोड बढी ग्रस कलेक्सन गरेको छ।
  • अहानलाई समय ठिक नभएको कारण अजय देवगनसँग सुपरहिरो फिल्मबाट बलिउड डेब्यु गर्न नपाएको खुलाइएको छ।
  • कोभिड-१९ का कारण अजय देवगन सुपरहिरो फिल्मबाट बाहिरिएपछि त्यो परियोजना रोकिएको र अहानले 'द रेलवे मेन' मा सहायक निर्देशकको रूपमा काम गरेको छ।

अहान पाण्डेको अभिनय करियर सुरुमै निकै राम्रो भएको छ । उनको फिल्म ‘सैयारा’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

अहिलेसम्म यो फिल्मले भारतमा ३०० करोड बढी संकलन गरिसकेको छ । नेपालमा मात्रै यो फिल्मले ९ करोड बढी ग्रस कलेक्सन गरेको छ । यस्तो अवस्थामा फिल्मको बक्स अफिसको कुरा त हुने नै भयो, सँगै युवा अभिनेता अहानको चर्चा उत्तिकै छ ।

हालै अहानसम्बन्धी एउटा रोचक तथ्य बाहिर आएको छ । समय ठिक भइदिएको भए अजय देवगनसँग ठूलो बजेटको सुपरहिरो फिल्मबाट उनी बलिउडमा डेब्यु गर्नेवाला थिए । तर, समयले उनलाई साथ दिएन ।

मोहित सुरीको ‘सैयारा’ मा रकस्टार ‘क्रिश कपुर’को भूमिकामार्फत उनको आगमन भयो । यसअघि अहानले आफ्नो करियर याश राज फिल्म्स (वाईआरएफ) को नेटफ्लिक्स श्रृंखला ‘द रेलवे मेन’ मा सहायक निर्देशकको रूपमा सुरु गरेका थिए । तर त्यो भन्दा पहिले नै उनलाई याश राज फिल्म्सले सुपरहिरो फिल्मका लागि छनोट गरिसकेको थियो।

जानकारीमा आएअनुसार त्यस फिल्मलाई धेरै वटा भागमा निकाल्ने योजना थियो । जसमा अहान मुख्य भूमिकामा र अजय देवगन खलनायकको भूमिकामा हुने थिए । फिल्ममा मानुषी छिल्लर पनि थिइन् ।

तर कोभिड-१९ का कारण अजय देवगन उक्त परियोजनाबाट बाहिरिए । त्यसपछि त्यो फिल्म निर्माण नै रोकियो । यता अहानले पनि फिल्मलाई छाडेर ‘द रेलवे मेन’ मा सहायक निर्देशकको रूपमा काम गरे ।

‘द रेलवे मेन’ नोभेम्बर २०२३ मा रिलिज भएको थियो ।

तर सैयारामार्फत अहान स्पटलाइटमा आएका छन् । कहिलेकाहीँ भाग्यले कहाँ पुर्‍याउँछ भन्ने उदाहरण अहान बनेका छन् । रोमान्टिक म्युजिकल फिल्म सैयारामा अनित पडासँग उनले स्क्रिन शेयर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?