
२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ ।
संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दलहरूले ठिक/ बेठिक गरेको संविधानले नियमन गर्ने बताए ।
‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर । राष्ट्रिय मान्यता प्राप्त के हुने, समावेशिता सम्बनिध के पुग्यो के पुगेन भन्ने दलहरूका लागि अन्य विविध कानुनहरू छन्,’ शर्माले अनलाइनखबरसँग भने ।
निर्वाचन आयोगको कुनै एक कर्मचारीले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने/गराउने गर्ने विषय मान्य नहुने शर्माले बताए ।
आयोगले गर्न तयार गर्न लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको महामन्त्री शर्माले बताए ।
आयोगले ल्याउन लागेको कार्यविधिप्रति विपक्षी दलहरूले बैठक बसेर अहसमति राखेका थिए । नेकपा एमालेले पनि यो कार्यविधिमा असहमति जनाएको छ ।
प्रतिक्रिया 4