
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री गरिमा शर्माले डेब्यू नाटक 'आवर्ती'मा अभिनय गर्ने भएकी छन् र मण्डला थिएटरमा प्रशिक्षण अभ्यास भैरहेको छ।
- नाटक 'आवर्ती' ३० साउनदेखि १५ भदौसम्म मण्डला थिएटरमा मंचन हुनेछ र सम्राट भुजेलले निर्देशन गर्दैछन्।
- गरिमासहित प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलले नाटकमा अभिनय गर्नेछन्।
काठमाडौं । अभिनेत्री तथा मोडल गरिमा शर्माले नाटकमा अभिनय गर्ने भएकी छन् । उनको डेब्यू नाटक ‘आवर्ती’को अहिले मण्डला थिएटरमा प्रशिक्षण अभ्यास भैरहेको छ ।
दुई साता लामो अमेरिका घुमफिरपछि गरिमा यो नाटकको लागि केही दिनअघि काठमाडौं आइपुगेकी हुन् ।
‘मेरो लागि यो नाटक नयाँ अनुभव हुनेछ । अभिनय क्षमतालाई निखार्ने अवसरको रुपमा मैले लिएकी छु’ रिहर्सलमा ब्यस्त गरिमाले अनलाइनखबरसँग भनिन् ।
नाटकलाई सम्राट भुजेलले निर्देशन गर्दैछन् । जन्म र मृत्युपछिको आत्माको खोजको कथामा नाटकले दर्शकलाई प्रेमको रोमाञ्चक कथा पनि भन्छ । ‘हाम्रो लेखान्त आत्माबाटै भएर आएको हुन्छ । यो आत्माको खोजको कथा हो’ निर्देशक भुजेलले भने ।
गरिमालाई कसरी अप्रोच गर्नुभयो ? भुजेलको जवाफ थियो- कलाकारको ठाउँ भनेको फिल्म, थिएटर हो । कलाकारले एक्स्प्लोर गर्ने ठाउँ हो ।’
नाटक ‘आवर्ती’ ३० साउनदेखि १५ भदौसम्म मण्डला थिएटरमा मंचन हुनेछ । कोशा आर्ट्सले मण्डलासँगको सहकार्यमा नाटक प्रस्तुत गर्न लागेको हो ।
गरिमासहित नाटकमा प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलको अभिनय हुनेछ ।
पछिल्लो समय फिल्मका कलाकार धमाधम नाटकमा आइरहेका छन् । सनिशा भट्टराईले पारिजातको चर्चित नाटक ‘शिरिषको फूल’मा अभिनय गरिरहेकी छन् ।
गत महिना रेखा थापाले ‘मीरा’बाट नाटकमा डेब्यू गरेकी थिइन् । त्यसअघि शिल्पा मास्केले शिल्पी थिएटरको नाटकमा अभिनय गरेकी थिइन् ।
View this post on Instagram
प्रतिक्रिया 4