+

नेपाल आइपुगे काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाई

२०८२ साउन  २२ गते १६:४८ २०८२ साउन २२ गते १६:४८
नेपाल आइपुगे काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाई काठमाडौं आइपुगेका छन्।
  • गोर्खाजले करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ।

२२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका मोन्टी देसाई नेपाल आइपुगेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका मोन्टी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई क्लबका सीईओ सुरजसिंह ठकुरीले विमानस्थलमा स्वागत गरे ।

प्रशिक्षक देसाई अब शनिबार हुने मिनी अक्सनमा पनि टोलीसँगै उपस्थित हुनेछन् । अक्सन राम्रो हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

‘नेपालबाट कहिल्यै पनि म टाढा थिइनँ, त्यही भएर फेरि काठमाडौं आएको छु, यसपटक म फरक जिम्मेवारीका साथ आएको छु’ मोन्टीले सञ्चारकर्मीसँग भने, ‘गत वर्ष पनि म एनपीएलको सेरोफेरोमा रहेको थिएँ, अहिले काठमान्डु गोर्खाजले प्रस्ताव गरेपछि आएको छु, म नयाँ भूमिकामा काम गर्न निकै उत्साहित छु।’

मोन्टी २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो ।

उनकै प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी-२० विश्वकप खेलेको थियो ।

गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।

काठमाडौं गोर्खाज मोन्टी देशाई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय