+
+
Shares

समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवहरूलाई चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि समय तालिका बनाएर योजना बनाउन निर्देशन दिएका छन्।
  • अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनमा सही समयमा कदम चाल्न र गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्न जोड दिएका छन्।
  • आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो।

२२ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा बिहीबार भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए ।

अर्थ मन्त्रालयका अनुसार आव २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो ।

बैठकमा गैरकर राजस्व सम्बन्धी थप स्रोत पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ ।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, ,विभिन्न मन्त्रालयका सचिव लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?