
२३ साउन,विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।
बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे१ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका– ५ बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु पनि गम्भीर घाइते भएका छन् । उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
बसमा रहेका अन्य यात्रुहरू भने सकुशल रहेका छन् । प्रहरीका अनुसार, बसको तीव्र गतिका कारण दुर्घटना भएको हो । दुर्घटनापछि प्रहरीले बस र चालक, सुन्दरहरैँचा– ७ बस्ने ४२ वर्षीय लेप्चन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4