+

नायिका आना शर्मा लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

२०८२ साउन  २३ गते १७:१९ २०८२ साउन २३ गते १७:१९
नायिका आना शर्मा लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लाभाज टिमले नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
  • टिमले महिला खेलाडीको सशक्तिकरण र खेलकुदको लोकप्रियता बढाउने उद्देश्यसहित शर्मालाई स्वागत गरेको हो।
  • टिम म्यानेजर स्तुती निरौलाले आना शर्माको सहभागिताले सामाजिक र सांस्कृतिक प्रभाव बलियो हुने विश्वास व्यक्त गरिन्।

२३ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली लुम्बिनी लाभाज टिमले नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

महिला खेलाडीको सशक्तिकरण, खेलकुदको लोकप्रियता बढाउने र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यसहित टिमले नायिका शर्मालाई टोलीमा स्वागत गरेको हो।

नेपाली सिने क्षेत्रमा पहिचान बनाएकी आना शर्मा युवापुस्तामाझ लोकप्रिय छिन्। सामाजिक अभियान र खेलकुदमा पनि सक्रिय उनी लुम्बिनी लाभाजसँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँछिन्।

लुम्बिनी लाभाजकी टिम म्यानेजर स्तुती निरौलाले आना शर्माको सहभागिता टिमको सामाजिक र सांस्कृतिक प्रभाव अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्।

एभरेष्ट स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको लुम्बिनी लाभाजको यो कदम एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगलाई थप सशक्त बनाउन गरिएको पहलको रूपमा हेरिएको छ।

आना शर्मा लुम्बिनी लाभाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय