+
+
WC Series
पोखरा एभेन्जर्स 2025
145/6 (18.5)
VS
७ बलमा २१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सोमबारका छापामा मुख्य खबरहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते ८:१०

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको, स्वराजले आफ्नो भ्रमण सोचे भन्दा राम्रो भएको अभिव्यत्ति दिएको, एक सातापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नेपाल समाचारपत्रले उर्जा व्यापार सम्झौता तत्काल गर्न संसदको निर्देशन भएको, उच्च माध्यमिक शिक्षा परिषदमा राजीनामाको लर्को लागेको, २० किलो सुनसहित एक व्यक्ति पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले एमाओवादीमा दाहालको मोर्चाबन्दीप्रति भट्टराईको चर्को असन्तुष्टि रहेको, भारतीय सुरक्षा टोली स्थलगत अवलोकन गरी फर्किएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्रले संविधानसभा बाहिर रहेका विभिन्न संगठनसँगको वार्ता सकारात्मक भएको, गाविसको पनि कार्यसम्पादन मूल्याकंन हुने, अयोग्य शिक्षक नहटाउने सरकारी निर्णय भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले सर्वोच्चमा मात्रै १८ हजार मुद्दा फस्र्योट हुन बाँकी रहेको, रिम्पोचेको शव नेपाल ल्याइँदै गरेको, पूर्वपरराष्ट्रमन्त्रीहरुले स्वराजको भ्रमणको पूर्ण सदूपयोग नभएको बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले चिकित्सक हड्तालले वीरमा सेवा अवरुद्ध भएको, रिन्पोचे अन्त्येष्टिमा बाधा तत्काल खोल्न पुनः निर्देशन दिइएको, हजार बालबालिकालाई बारले निःशुल्क शिक्षा दिने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले अन्जानमा बम घर ल्याउँदा विष्फोट भएको, मोदीले पशुपतिनाथमा विशेष पूजा गर्ने तयारी गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-nayapatrika

2-annpurna

3-nagarik

4-samachar-patra

5-rajdhani

6-gorkhapatra

7-karobar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?