+
+
Shares

गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो, इजरायली आक्रमणबाट थप ३८ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गाजा क्षेत्रमा कुपोषणका कारण ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
  • इजरायली सैन्य कारबाहीबाट पछिल्लो २४ घण्टामा गाजामा ३८ जनाको मृत्यु र ४९१ जना घाइते भएका छन्।
  • इजरायलले गाजा सहर ७ अक्टुबर २०२५ भित्र खाली गर्न बासिन्दालाई भनेको छ।

२५ साउन, काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।

इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ ।

स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।

हमासलाई निमिट्यान्न पार्न भन्दै इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजा सहर नियन्त्रणमा लिनुअघि इजरायलले त्यहाँका बासिन्दालाई ७ अक्टुबर २०२५ भित्र शहर खाली गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?