News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको दोस्रो सिजनको लागि शनिवार भएको अक्सनमा ८ फ्रेन्चाइजले कूल ३७ खेलाडी अनुबन्ध गरे।
- मोहम्द आदिल आलमलाई सबैभन्दा बढी १५ लाख मूल्यमा काठमाडौं गोर्खाजले अनुबन्ध गर्यो।
- नेपाली राष्ट्रिय टिमका केही चर्चित खेलाडी र क्याटेगोरी बी का खेलाडीहरू अक्सनमा अनसोल्ड भए।
२५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि शनिवार भएको अक्सनबाट ८ प्रेन्चाइजले कूल ३७ खेलाडी अनुबन्ध गरे ।
जसमा मोहम्द आदिल आलम सबैभन्दा आकर्षणको केन्द्र रहँदा उनीसँगै चार खेलाडीले सर्वाधिक १५ लाख मूल्य पाए । आदिल काठमाडौं गोर्खाजमा, देव खनाल र अर्जुन साउद चितवन राइनोजमा तथा पवन सर्राफ कर्णाली याक्समा अधिकतम १५ खमा अनुबन्ध भए ।
तर अक्सनमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका देखि, उमेर समूहमा कप्तानी गरिसकेका केही चर्चित नामहरु भने अनसोल्ड रहे ।
क्याटेगोरी ए मा रहेका ३ खेलाडीलाई कुनै पनि टोलीले बोली लगाएनन् । जसमा नेपाली टिमबाट खेलिसकेका भेट्रान शरद भेषावकर र सुनिल धमला देखि सुनाम गौतम रहे ।
शरदले पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए भने सुनिल पहिलो सिजनमा पनि कुनै टिममा थिएनन् । सुनाम भने पहिलो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएपनि चोटका कारण खेल्न पाएनन् ।
ए क्याटेगोरीमा रहेका ६ खेलाडी भने विभिन्न टोलीमा अनुबन्ध भए । जसमा आदिल आलम सबैको आकर्षणमा रहे । उनलाई ८ वटै फ्रेन्चाइजले बोली लगाउदा लक्की ड्र मा काठमाण्डु गोर्खाज भाग्यमानी बन्यो ।
यस्तै क्याटेगोरी बी मा रहेका अन्य चर्चित खेलाडीहरू पनि कुनै टिममा अनुबन्ध भएनन् । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटा प्रदिप ऐरी मौसम ढकाल ‘श्याम’ पनि रहे ।
मौसम ढकालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेपनि दोस्रो सिजन भने उनलाई कुनै टिमले बोली लगाएनन् ।
यस्तै पहिलो सिजनमा कर्णालीबाटै खेलेका रित गौतम र भुवन कार्की, चितवन राइनोज बाट खेलेका सन्तोष कार्की, विराटनगर किंग्सबाट खेलेका अनिल खरेल, काठमाडौं गोर्खाजबाट खेलेका कृष्ण कार्की र राजु रिजाल, सुमित महर्जन, हरिशंकर शाह, अमित श्रेष्ठ लगायत खेलाडीलाई कुनै टिमले बोली लगाएनन् ।
प्रतिक्रिया 4