+
+
Shares
ओटीटी :

राजनीतिक भ्रष्टाचारबारेको फिल्म ‘महाभोज’ ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'महाभोज' जेठ ३० गतेदेखि हलमा रिलिज भई अहिले ओटीटी प्लाटफर्ममा उपलब्ध भएको छ।
  • दिनेश राउत निर्देशित 'महाभोज'को कथावस्तु राजनीतिक भ्रष्टाचार र सहकारी संस्थामा बचतको दुरुपयोगमा आधारित छ।
  • फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल लगायत कलाकारको अभिनय रहेको छ र हिमाल कडरियाले निर्माण गरेका छन्।

काठमाडौं । जेठ ३० गतेदेखि हलमा रिलिज भएको फिल्म ‘महाभोज’ ओटीटी प्लाटफर्ममा आइपुगेको छ । ‘एमएसएम’ले यो फिल्मलाई प्लाटफर्ममा रिलिज गरेको हो ।

दिनेश राउत निर्देशित फिल्मको कथावस्तु राजनीतिक भ्रष्टाचारमा आधारित छ । सर्वसाधारणले सहकारी संस्थामा बचत गरेको निक्षेपलाई कसरी दलले स्वार्थमा प्रयोग गर्दा सामाजिक संकट आउँछ भन्ने कथावस्तु यसमा छ ।

बैंकका एक कर्मचारीले आवश्यक परेको पैसा बुवासँग माग्दा थाहा पाउँछ कि रकम सहकारीमा फसेको छ । त्यसपछि सो रकमको लागि उत्पन्न हुने संघर्षको कथावस्तु यसमा छ ।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्यालको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?