+
+
Shares

हुलाकी सडकबारे सरकारलाई रुलिङ नगरे सभामुखकै अगाडि अनशन बस्ने अमनलाल मोदीको चेतावनी

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक निर्माणमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
  • सांसद मोदीले प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै रुलिङ नहुँदा सभामुख अगाडि अनशन बस्ने चेतावनी दिएका छन्।
  • हुलाकी सडक कठरीमा १० वर्ष बितिसक्दा पनि निर्माण नहुँदा स्थानीय जनताले धान रोपाइँ गर्दै आएको सांसद मोदीले उल्लेख गरेका छन्।

२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारलाई रुलिङ नगरे सभामुखको अगाडि अनशन बस्ने चेतावनी दिए ।

‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन । त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्‍यो’ सांसद मोदीले भने, ‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?