+
+
Shares

माओवादीले माग्ग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा

उक्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियाबारे सभामुख छलफलमा रहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनबारे सरकारको धारणा माग गरेको छ।
  • माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेका छन्।
  • संसदीय विशेष छानबिन समितिले साउन २० गते संघीय निजामती सेवा विधेयक २०८० को त्रुटि सम्बन्धी प्रतिवेदन पेस गरेको थियो।

२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले कुलिङ पिरियड छानबिन प्रतिवेदनबारे सरकारको धारणा माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टी तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्यनबारे सरकारको धारणा आउन नसकेको भनेर ध्यानाकर्षण गरेका हुन् ।

‘उक्त प्रतिवेदनबारे सरकारको दृष्टिकोण के हो ? यो स्पष्ट होस् र प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइओस्’ उनले भने ।

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन यही साउन २० गते प्रतिनिधिसभामा पेस गरेको थियो ।

उक्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियाबारे सभामुख छलफलमा रहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?