+
+
Shares

शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ को मुख्य प्रायोजक

कार्यक्रम अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा आयोजना हुन लागेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले 'बिजनेस ब्लुप्रिन्ट नेपाल' को मुख्य प्रायोजक बन्ने घोषणा गरेको छ।
  • कार्यक्रम १२ भदौमा होटल मेरिअट नक्साल काठमाडौंमा डा. उज्ज्वल पाटनीको उपस्थितिमा सञ्चालन हुनेछ।
  • शिवम् सिमेन्टले मोटिभेसनल स्पिकरसँग सहकार्य गरी सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ।

२७ साउन, काठमाडौं । शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ को मुख्य प्रायोजक बन्ने भएको छ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा आयोजना हुन लागेको हो।

कार्यक्रम १२ भदौमा होटल मेरिअट नक्साल काठमाडौंमा बिहान साढे १० देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाको छ ।

शिवम् सिमेन्ट नवीन, अद्वितीय र इनोभेटिभ कार्यक्रमका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचान बनाउन सफल भएको ब्रान्ड हो। कम्पनीले ‘शिवम् सन्देश’, ‘नो कम्प्रमाइज’ जस्ता सन्देशमूलक अभियान मार्फत समाजमा सकारात्मक प्रभाव पुर्‍याउँदै आएको छ।

बिजनेस सेमिनारमा पाटनीजस्ता मोटिभेसनल स्पिकरसँगको सहकार्य मार्फत सहभागीलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?