
काठमाडौं । चीनको लुआन एक्सप्रेसवेका तस्वीरहरू अहिले संसारभर इन्टरनेटमा भाइरल बनिरहेका छन् । सो चौडा तथा अबरोध विनाको द्रूत राजमार्ग निर्माणका क्रममा चीनले अग्ला पहाडहरू यसरी ताछेर सिधा सडक बनाएको छ कि जो कोही आश्चर्यचकित बन्दछ ।
पहाडमा उक्त द्रूतमार्ग निर्माण गर्दा न त अग्ला अग्ला टावरका पुल हालिएको छ, न त सुरुङ नै खनिएको छ । त्यहाँ पहाड स्वात्तै ताछिएको छ र त्यहीँबाट चौडा बाटो निकालिएको छ ।
भौगोलिक रुपमा गुइझोउ प्रान्तमा ९२ प्रतिशत पहाड तथा भिर रहेको छ । यसले प्राकृतिक छटा त राम्रै देखिन्छ, तर यातायात सञ्चालन निकै कठनि हुन्छ ।
यस्तोमा लुआन द्रूतमार्ग र सोही राजमार्गमा रहेको विश्वकै अग्लो हुआजियांग ग्राण्ड क्यानन पुलजस्ता संरचनाहरूले पूर्वाधारको क्षेत्रमा चीनले गरिरहेको चमत्कारलाई दर्शाउँछन् ।
यद्यपि त्यहाँ चीनले जसरी जंगलले भरिएको पहाड ताछेको छ, त्यसबाट पक्कैपनि ठूलो मात्रामा जैविक विविधता विनाश भई पर्यावरणमा क्षति पुगेको छ । त्यसैले वातावरणविदहरूले उक्त राजमार्ग परियोजनाको आलोचना गरेका छन् ।
प्रतिक्रिया 4