+
+
Shares

गुल्मीमा माछा पोखरीमा एक जनाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ६:४०

२८ साउन, गुल्मी । चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा एक पुरुषको शव फेला परेको छ ।

मंगलबार बेलुकी स्थानीयले पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक गुल्मीदरबार गाउँपालिका–१ घर भई हाल चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा बस्दै आएका ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले बताए ।

उनी विगत २० वर्षदेखि ६९ वर्षीय टेकबहादुर रजालीको (भिनाजु नाता पर्ने) घरमा बस्दै आएका थिए । उनी बिहान करिब ८ बजे बजार जान्छु भन्दै घरबाट निस्किएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?