+
+
Shares

भारतमा तीर्थयात्री बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
  • मृतकमा सात जना बालबालिका र चार जना महिला रहेका छन् र सबै पिकअप भ्यानमा सवार थिए।
  • दुर्घटना बुधबार बिहान ४ देखि ५ बजेको बीचमा मनोहरपुर नजिकै भएको थियो र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

काठमाडौं । भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृतकमध्ये सात जना बालबालिका र ४ जना महिला छन् ।

प्रहरीका अनुसार उनीहरू सबै जना पिकभ्यानमा सवार थिए । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको थियो ।

दौसा जिल्लाका प्रहरीले  पीटीआईलाई दिएको जानकारी अनुसार मनोहरपुर नजिकै भएको यो दुर्घटनामा मानिसहरू खाटुश्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको एटाहमा रहेको आफ्नो गाउँ फर्किरहेका थिए ।

प्रहरीका अनुसार पिकअप भ्यानमा २० जना भन्दा बढी मानिस सवार थिए । पिकअप भ्यानले राजमागर्को सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दिएको थियो । बुधबार बिहान ४ देखि ५ बजेको बीचमा यो दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी १० जनाको घटनास्थलमै र एक जना महिलाको एसएमएस अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?