+
+
Shares

कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

'हिजो जल, जंगल र जमिनको सम्बन्ध खोसियो, आज थारू भाषा खोस्न खोज्दैछ'

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्‍दै सरकारी कामकाजमा लागु गर्न माग गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन्।
  • उनले थारू समुदाय सडक आन्दोलनमा उत्रिएको र सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्।
  • मोदीले ग्रामथान गाउँपालिकाको नेताचोकदेखि पूर्वको केरोनसम्मको बाटो र पश्चिममा खनारसम्मको बाटो हिड्ने स्थितिमा नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

२९ साउन, काठमाडौं। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्‍दै सरकारी कामकाजमा लागु गर्न माग गरे।

‘कोशी प्रदेशले भाषा सम्बन्धी विशेयक ल्यायो । तर थारू भाषालाई सरकारी कामकाजको भाषाको रुपमा छुटाएको छ,’ उनले भने, ‘यो देशमा थारू समुदाय जनसंख्याका हिसाबले चौथो रुपमा पर्छ मेचीदेखि महाकालीसम्म। कोशी प्रदेशको कुरा गर्ने हो भने त अझ झापा, मोरङ, सुनसरी र उदयपुरमा बाहुल्‍य भाषाको रुपमा थारू समुदाय छन्।
तराईमा रहेका जल, जंगल र जमिनमा थारूको अन्तरसम्बन्ध छ। हिजो उनीहरूको सम्बन्ध खोसियो, खोसियो। आज भाषा, संस्कृति पनि खोसिन लागेको छ। म सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सरकारी कामकाजको भाषा बनाउन माग गर्दै थारू समुदाय सशक्त रुपमा आन्दोलनमा उत्रिएको भन्‍दै सभामुखलाई पहल गरिदिन आग्रह गरे । उनले भने, ‘अहिले थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन कोशी प्रदेशमा रहेका थारू समुदाय सडक आन्दोलनमा उत्रिइरहेका छन्। त्यसकारण म सभामुख मार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’

यस्तै उनले ग्रामथान गाउँपालिको नेताचोकदेखि पूर्वको केरोनसम्मको बाटो (ठूलो नहर), पश्चिममा खनारसम्मको बाटो हिड्‍ने स्थितिमा नरहेको भन्‍दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?