+
+
Shares

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिक लघुवित्तले सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ खुलेको छ र आवेदन भदौ ३ गतेसम्म दिन सकिनेछ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ र आवेदन अनलाइन मेरो सेयर तथा आस्बा सदस्य बैंकबाट दिन सकिन्छ।
  • कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा र आम्दानी ७ रुपैयाँ ३३ पैसा छ भने इक्रा नेपालले बी रेटिङ दिएको छ।

३० साउन, काठमाडौं । आम सर्वसाधारणका लागि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।

सर्वसाधारणका लागि कम्पनीको १ लाख ९५ हजार १९५ कित्ता सेयर खुलेको हो । वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै सेयर बाँडफाँट भइसकेको छ । भदौ ३ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ ।

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?