
काठमाडौं । भारतको पश्चिम बंगालको पूर्वीबर्दवानमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भन् अन्य ३५ जना घाइते भएका छन् ।
‘शुक्रबार बिहान तीर्थयात्रीहरू बोकेको एउटा निजी बस पूर्वीबर्दवानबाट दुर्गापुर जाँदै गर्दा सडकमा पार्क गरिएको ट्रकको पछाडि ठोक्कियो,’ एक अधिकारीलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।
पार्किङ गरी राखेको ट्रकको पछाडि गएर बस ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेका सबै तीर्थयात्री बिहारका बासिन्दा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहार तर्फ आउँदै गरेको उक्त बस चालकले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4