
News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको विगु गाउँपालिका-२ ओराङमा १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्।
- २८ साउनदेखि परेको अविरल वर्षाका कारण जमिन भासिन पुग्दा १९ जनाको परिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको छ।
- प्रहरीले जोखिममा रहेका घरपरिवारलाई आफन्तको सुरक्षित घरमा बस्न सुझाव दिएको छ।
३० साउन, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिका-२ ओराङका १३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
गत २८ साउनदेखि परेको अविरल वर्षाका कारण जमिन भासिन पुग्दा १३ घरपरिवार जोखिममा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।
जोखिममा रहेका स्थानमा प्रहरी पुगेर प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा बस्न भनिएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार ओराङकी सुनमाया तामाङको घरको आँगनको डिलबाट जमिन भासिएर पहिरो गएको छ । ५ जनाको परिवार रहेको उनको घरमा बस्न नहुने अवस्था रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै डिले तामाङ, भीमकुमार तामाङ, सुक्री तामाङ, भीमबहादुर तामाङको घरको आँगनदेखि नै जमिन भासिएको छ ।
त्यस्तै कुमार तामाङ, भीमबहादुर तामाङ, तेन्जी तामाङ, टेके तामाङको घरमाथिबाट पहिरो आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
त्यस्तै ओराङकै कुमार तामाङ, एमकहादुर तामाङको घरमाथि र मुनी दुवैस्थानमा आएका पहिरोले घर जोखिममा परेको छ ।
स्थानीय मोतिलाल तामाङ र ओम तामाङको घरछेउबाट पहिरो गए पनि घरमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी तिमल्सिनाले जोखिममा रहेकाहरूलाई आफन्तको सुरक्षित घरमा रहन सुझाव दिएको जानकारी दिए ।
उनका अनुसार जोमिमा परेका मध्ये सुनमाया, डिले, भीमकुमार र सुक्तिको घरमा बस्न जोखिम छ ।
उनीहरू ४ जनाको १९ जनाको परिवारलाई सुरक्षित घरमा बस्न भनिएको छ । बाँकी ९ परिवारको ४३ जनालाई सचेत रहँदै आफ्नै घरमा राखिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4