+
+
Shares

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १८:०६

काठमाडौं । मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’ सुरुवात गरेको छ ।

मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको जनाएको छ ।

स्माइल ट्रेनले विश्वभरिका बालबालिकालाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ ।

बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचारबारे जागरुकता जगाउने लक्ष्य राखेको छ । यसले हजारौं बालबालिकालाई आत्मविश्वास साथ मुस्कुराउन प्रेरित गर्ने कम्पनीको भनाइ छ ।

यस उद्देश्यको सहकार्यमा बर्जर पेन्ट्सले एक विशेष अन्तर्क्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाप्रति समर्पित रहेर आयोजना गरेको छ । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।

यस कार्यक्रममा उपस्थित बालबालिकाले कलाका किताबहरू रंगाउँदै रमाइलो गरे भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?