+

माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

२०८२ साउन  ३० गते १८:१६ २०८२ साउन ३० गते १८:१६
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माफ अन्तरविद्यालय फुटसल प्रतियोगितामा गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गर्ल्सले उपाधि जितेका छन्।
  • सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित गरेको थियो।
  • प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो र माफका पदाधिकारीहरूले पुरस्कृत गरेका छन्।

३० साउन, काठमाडौं । गोल्डेनपिक, पिस प्वाइन्ट र विच किडले माफ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, पिस प्वाइन्ट जुनियर ब्वाइज र विच किड सिनियर गर्ल्समा च्याम्पियन बने ।

म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा धन्यन्टरी फुटसलमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बेबिलनलाई टाइब्रेकरमा २–० गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । एलेक्सिर र क्याम्ब्रिज तेस्रो भए ।

जुनियर ब्वाइजको फाइनलमा पिस प्वाइन्टले प्रस्फुटनलाई ४–० गोलले हरायो । जगत मन्दिर र शम्भावी तेस्रो बने ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा विच किडले पिस प्वाइन्टलाई टाइब्रेकरमा १–० गोलले पाखा लगायो । निर्धारित समयको खेलमा दुवै पक्षबाट गोल भएन । शम्भावी र प्रस्फुटन तेस्रो भए ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका विजय तामाङ, जुनियर ब्वाइजमा प्रस्फुटनका विपिन खत्री र सिनियर गर्ल्समा पिस प्वाइन्टकी रुविना बोगटी उत्कृष्ट खेलाडी घोषित भए ।

सिनियर ब्वाइजमा अनेक साउकोला, जुनियर ब्वाइजमा पिस प्वाइन्टका अरोष योञ्जन र सिनियर गर्ल्समा विच किडकी सुहाना मलेकर उत्कृष्ट गोलरक्षक चुनिए ।

सिनियर ब्वाइजमा पिस प्वाइन्टका प्रज्ञान राई (१२ गोल), जुनियर ब्वाइजमा पिस प्वाइन्टका कपिल गुरुङ (२१ गोल) र सिनियर गर्ल्समा विच किडकी रशिका तामाङ (५ गोल) सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो, माफकी अध्यक्ष इशु गुरुङ, महासचिव राजेश खरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गर्ल्समा १५ टिम सहभागी थिए । सिनियर ब्वाइजको पहिलो संस्करण हो भने सिनियर गर्ल्सको दोस्रो र जुनियर ब्वाइजको पाँचौं संस्करण हो ।

माफ फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय