+
+
Shares

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ६:४९

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् ।

भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने  कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् ।  प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा  भारत भ्रमणमा जाने तयारी छ ।

मिश्रीको भ्रमणका क्रममा  नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयहरूमा दुई परराष्ट्र सचिवबीच कुराकानी हुने उल्लेख छ ।

भारतको विदेश मन्त्रालयले पनि भारत र नेपालबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विज्ञप्तिमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्तामा प्रधानमन्त्री भारत भ्रमणका एजेण्डाको द्विपक्षीय तयारी गरिने छ ।

यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ ।  बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?