
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको र चाँडै सञ्चालनमा आउने बताएका छन्।
- सुरुङमार्गमा टनेल बोरिङ मेसिन र विस्फोटक पदार्थ प्रयोग नगरी निर्माण गरिएको छ।
- सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाबाट काठमाडौं आउनको समय २० मिनेटमा झर्ने छ।
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।
‘ नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
हालसम्म आयोजनामा ९३ प्रतिशत भाैतिक प्रगति भएको उनले जानकारी दिएका छन्।
नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कूल २.६८ किलोमिटर लामो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण भएको छ ।
सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।
प्रतिक्रिया 4