
१ भदौ, काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीका अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो ।
केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण मार्फत ३१ दिन अवधिका लागि प्रणालीको ६० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्थालाई हेरेर बढी भएको मात्रै केन्द्रीय बैंकलाई दिनेछन ।
आइतबार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्क हुने भएकाले केन्द्रीय बैंकले उक्त निक्षेप संकलन जारी गरेको हो ।
गत साताको शुक्रबारसम्ममा वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै वित्तीय प्रणालीका धेरै भएको तरलता साढे ६ खर्ब बराबारको रकम केन्द्रीय बैंकमा छ ।
प्रतिक्रिया 4