+
+
Shares

विराटनगरमा राधाकृष्ण रथयात्रा (तस्वीरहरू)

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ १ गते १८:४४

१ भदौं, विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्रा जारी छ ।  कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आइतबार दिउँसो ४ बजे राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको थियो ।

रथयात्रामा हजारौं भक्तजन सहभागी छन् । मन्दिर परिसरबाट सुरु भएको रथले जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट मन्दिर परिसरमा पुगेर समापन हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो ।

विक्रम संवत १९८८ बाट सुरू रथयात्राको परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ ।

रथयात्रामा नेपाल भारतका हजारौं भक्तजन सहभागी हुन्छन् । विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिर परिसरबाट कृष्ण जन्माष्टमीको भोलिपल्ट खटयात्रा सुरु भएको थियो । २०२५ सालबाट रथयात्रा भइरहेको छ । रथसँगै खटलाई पनि नगर परिक्रमा गराइन्छ ।

रथयात्रामा सहभागी भएकाहरूका लागि ठाउँ–ठाउँमा नि:शुल्क सर्बत र पानी वितरण गर्ने काम भइरहेको छ ।

रथयत्राका लागि प्रदेश सरकारले कोशी प्रदेशको झापा मोरङ र सुनसरीमा बिदा दिएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?