+

आर्सनलले युनाइटेडलाई हरायो, चेल्सी बराबरीमा रोकियो

२०८२ भदौ  २ गते ७:१७ २०८२ भदौ २ गते ७:१७
आर्सनलले युनाइटेडलाई हरायो, चेल्सी बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक उपविजेता आर्सनलले म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।
  • आर्सनलका रिकार्डो कालाफियोरिले १३औं मिनेटमा गोल गरे ।
  • चेल्सीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ भने नटिङहम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ ।

२ भदौ, काठमाडौं । साविक उपविजेता आर्सनलले म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो । युनाइटेडले घरेलु मैदानमा बल पोसन राख्दै राम्रो प्रदर्शन गरेपनि जित भने आर्सनलले निकाल्यो ।

डिफेन्डर रिकार्डो कालाफियोरीले १३औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यही गोल आर्सनलको जितमा निर्णायक बन्यो ।

आर्सनलका डेक्लान राइसको कर्नरमा युनाइटेडका गोलरक्षक अल्टाय बायिन्डिरले सही अनुमान गर्न नसक्दा कालाफियोरीले नजिकैबाट हेड मार्फत गोल गरे ।

लिगकै अर्को खेलमा चेल्सी चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । यस्तै नटिङहम फरेस्टले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय