+
+
Shares

रिलायन्स स्पिनिङ मिल्सको नाफा १ अर्ब ४८ करोड

कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते २०:५७

२ भदौ, काठमाडौं । विश्वव्यापी कोभिड महामारी, विद्युत अभाव लगायत समस्याले प्रभावित भएको रिलायन्स स्पिनिङ मिल्स उद्योगले पुनः आफ्नो गति समातेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत नाफा कमाएर लयमा हिँडेको सन्देश दिएको हो । कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवभन्दा झन्डै ४२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव २०८०/८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो ।

२०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्की लगायत देशमा निर्यात हुने गरेको छ । वार्षिक ५ करोड अमेरिकी डलर बराबर निर्यात हुन्छ । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो ।

कम्पनीले गत आव अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । उक्त आवमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आव २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता गोल्यानलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो । गोल्यान ग्रुपको प्रबन्ध निर्देशकसमेत रहेका अक्षयले स्पिनिङ मिल्ससहित विभिन्न कम्पनीको नेतृत्व गरिरहेका छन् ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमता सहित सञ्चालन भइरहेको छ । सुनसरी खनार र दुहबीमा उद्योगका दुई वटा धागो कारखाना छन्, जहाँ १ हजार ३ सय महिला सहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?