
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन्।
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस-एमालेसहित सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ।
- उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग लागेको छ।
३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर सांसदहरूलाई हस्ताक्षर गराएका कांग्रेस-एमालेसहित सत्ता साझेदार दलहरुको बैठक पनि सुरु भएको छ ।
बैठक बोलाएपछि सत्ता गठबन्धनमा रहेका दलका नेताहरु कांग्रेस दलको कार्यालयमा पुगेका छन् ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् ।
यो बैठकमा उपसभामुख रानलाई हटाउने विषयमा छलफल हुनेछ । उनलाई हटाउन दुई तिहाई चाहिने भएकोले त्यसबारेमा छलफल गर्न बैठक बसेको हो ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।
प्रतिक्रिया 4