+
+
Shares

एप्पलले ल्याउनेछैन आइफोन १८

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १४:०९

एक महिनापछि आउँदो सेप्टेम्बरमा एप्पलले बहुप्रतिक्षित आइफोन १७ सिरिज सार्वजनिक गर्दैछ ।

वास्तवमा एप्पलप्रेमी हरुलाई हरेक वर्ष नयाँ आइफोनको व्यग्र प्रतीक्षा हुन्छ । यसपटक एप्पलले आइफोनको नयाँ संस्करणको रुपमा चारवटा मोडेल ल्याउनेछ । जसमा आइफोन १७, आइफोन १७ प्रो, आइफोन १७ प्रो म्याक्स र आइफोन १७ एयर रहने बताइएको छ ।

हरेक वर्ष सेप्टेम्बर महिनामा आइफोनको नयाँ संस्करण लञ्च गर्ने गरेको एप्पलले यो वर्ष आइफोनको प्लस मोडेलको साटो एयर मोडेल ल्याउनेछ ।

यसपटक आइफोन १७ मा प्लस मोडेललाई प्रतिस्थापन गर्ने तयारी गरिरहेको एप्पलले आगामी वर्ष चाहीँ आइफोन १८ लाई हटाउनेछ ।

सामान्य रुपमा आगामी वर्ष सन् २०२६ मा आइफोनले आइफोन १८ ल्याउनुपर्ने हो । तर समाचार अनुसार आउँदो वर्ष एप्पलले आइफोन १८ ल्याउने छैन । यसो हुँदा आम मानिसको मनमा एउटा प्रश्न स्वभाविक रुपमा उठ्दछ । के आइफोन १७ नै अन्तिम आइफोन हुने हो त ?

तर त्यस्तो भने होइन । कोरियन वेबसाइट etnews.com ले प्रकाशित गरेको समाचार अनुसार सन् २०२६ मा एप्पलले आइफोन १८ सिरिज त लन्च गर्नेछ तर यसमा उक्त सिरिजको आधारभूत मोडेल अर्थात् आइफोन १८ हुनेछैन ।

एप्पलले सन् २०२६ को सुरुवातमै सुपथ मूल्यको आइफोन १७ ई लन्च गर्ने बताइएको छ । त्यसपछि सेप्टेम्बरमा कम्पनीले आइफोन १८ सिरिजका चारवटा मोडेल सार्वजनिक गर्नेछ । यसमा आइफोन १८ एयर, आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र फोल्डेबल आइफोन रहनेछन् । आइफोन १८ सिरिजबाट एप्पलले आइफोनको बेसिक मोडेल हटाउनेछ ।

यद्यपि आइफोन सिरिजका विद्यमान मोडेलहरुलाई नयाँ मोडेलले प्रतिस्थापन गरेको यो पहिलोपटक भने होइन । यसअघि कम्पनीले आइफोन मिनी मोडेललाई प्लस मोडेलले प्रतिस्थापन गरेको थियो भने यो पटक प्लस मोडेलको ठाउँमा एयर मोडेल ल्याउनेछ ।

त्यस्तै आगामी वर्ष आधारभूत मोडेललाई नै हटाउनेछ । यद्यपि यस विषयमा एप्पलले आधिकारिक रुपमा केही पनि बताएको छैन । तर, सधैका लागि हट्ने होइन ।

प्रविधि क्षेत्रका विभिन्न खुलासाहरू गर्ने Jukanlosreve ले आफ्नो आधिकारिक एक्स अकाउन्टमा एउटा पोस्ट गरेका छन् ।

जस अनुसार सन् २०२७ मा एप्पलले आइफोनका ६ प्रकारका मोडेल ल्याउनेछ । जस अनुसार वर्षको सुरुतिर कम्पनीले आइफोनको ई-मोडेल तथा बेसिक मोडेल ल्याउनेछ भने सेप्टेम्बरतिर प्रिमियम र फोल्डेबल मोडेल ल्याउनेछ । यस हिसाबले प्रयोगकर्ताले आइफोन १८ देख्न नपाएपनि आइफोन १९ भने देख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?