+

पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा हुने

२०८२ भदौ  ३ गते १४:५३ २०८२ भदौ ३ गते १४:५३
पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन आगामी असोज ४ गते हुने भएको छ।
  • प्रतियोगितामा नेपाल, भारत र दुबईका करिब २०० खेलाडी सहभागी हुनेछन्।
  • स्वर्ण पदक विजेताले ५० हजार रुपैयाँ र स्केट सुज पाउनेछन्।

३ भदौ, काठमाडौं । द स्केट ल्यान्डको आयोजना र नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन हुने भएको छ।

यो नेपालमा इनलाइन स्केटको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता भएको बताइएको छ। प्रतियोगितामा नेपालसहित भारत र दुबईका करिब ३० विदेशी खेलाडी गरी जम्मा २०० खेलाडी सहभागी हुनेछन्।

प्रतियोगिता सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुनेछ। दूरी ५ किमी तोकिएको छ। १० किमीदेखि माथि स्केट म्याराथन मानिने भए पनि १० किमीसम्मलाई मिनी स्केट म्याराथन मानिने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए।

प्रतियोगितामा स्वर्ण पदक विजेताले ५० हजार रुपैयाँ, स्केट सुज र सेफ्टी गियर, रजत पदक विजेताले ३० हजार रुपैयाँ र स्केट सुज, कास्य पदक विजेताले १५ हजार रुपैयाँ र सेफ्टी गियर पाउनेछन्।

आयोजकले करिब ५६ लाख अनुमानित बजेट भएको जनाएको छ । सहभागी हुन खेलाडीहरूले १ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्नेछ। साथै, १ हप्ताको लागि खेलकुद बीमा समेत गरिने आयोजक द स्केट ल्यान्डका अध्यक्ष अब्राहिम राईले बताए।

प्रतियोगिताले नेपालमा स्केट खेलको विकास, युवा खेलाडीलाई व्यावसायिक बनाउन र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने राईको भनाइ छ ।

द स्केट ल्यान्ड सन् २०२२ मा स्थापना भएको इन्डोर इनलाइन स्केट पार्क हो जसले नेपाली स्केट खेललाई व्यावसायिक रुप दिन र अन्तर्राष्ट्रिय पदक भित्र्याउने लक्ष्य राखेको छ।

राष्ट्रिय मिनी स्केट म्याराथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय