
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सर्केगाड गाउँपालिका-१ स्थित तुम्च बडखोलामा अविरल वर्षाले खोलाको सतह बढेपछि ७०/८० बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएको छ।
- देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई खोलामा झोलुङ्गे पुल नहुँदा विद्यालय जान समस्या भएको स्थानीय पदम मल्लले बताए।
- खोलाको सतह बढेपछि अभिभावकहरूले खोलामा तारो बनाएर बालबालिकालाई विद्यालयसम्म पुर्याएको मल्लले खुलाएका छन्।
३ भदाै, हुम्ला । मंगलबार बिहानैदेखि परेको अविरल वर्षाले खोलाको सतह बढेपछि हुम्लाको सर्केगाड क्षेत्रमा बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएकाे छ ।
सर्केगाड गाउँपालिका- १ स्थित तुम्च बडखाेलाको सतह बढेर बालबालिकालाई विद्यालयमा आउजाउमा सकस भएको हाे ।
खाेलामा पानीकाे बहाव बढेपछि देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई सास्ती व्यहोर्नु परेकाे स्थानीय पदम मल्लले जानकारी दिए ।
खाेलामा झोलुङ्गे पुल नहुँदा देवल आधारभूत विद्यालयमा आउजाउ गर्न समस्या भएकाे मल्लले बताए । खाेला बढेपछि अभिभावक मिलेर खाेला तारेर बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याएकाे मल्लकाे भनाइ छ ।
खाेलामा पुल नहुँदा देवल आधारभूत विद्यालयमा अध्ययनरत झन्डै ८० जना बालबालिका सास्ती भाेग्न बाध्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4